सुकुम्वासी बस्तीमा डोजर नचलाउन आग्रह गर्दै रास्वपा पार्टी कार्यालय पुगे सुकुम्वासीहरु

Apr 24, 2026 02:24 PM Merolagani



काठमाडौंको विभिन्न क्षेत्रका सुकुम्वासी बस्तीका प्रतिनिधिहरु बस्तीमा डोजर नचलाउन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालय वनस्थली पुगेका छन् ।

बस्ती विकास र व्यवस्थापनका नाममा सरकारले डोजर चलाउने तयारी गरिरहेको भन्दै उनीहरु त्रसित छन् । सुकुम्वासीहरुले रास्वपाका नेताहरुसँग भेट गरी आफूहरुको बासस्थानको ग्यारेन्टी नभएसम्म डोजर नचलाउन पहल गरिदिन आग्रह गरेका छन् । रास्वपाका नेताहरुले पार्टीले सुकुम्वासी समस्यालाई नजिकबाट हेरिरहेको र संसदमा पनि यसबारे आवाज उठाउने आश्वासन दिएका छन् ।

सरकारले नदी किनारका सुकुम्वासी बस्ती हटाउने प्रयास गर्दै आएको छ । जसका कारण सुकुम्वासीहरु विभिन्न राजनीतिक दल र निकायको ढोका ढकढक्याइरहेका छन् । रास्वपा अहिले बहुमतका साथ सरकारको नेतृत्वमा छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।