डोनाल्ड ट्रम्पले भारतलाई ‘नरकजस्तो देश’ भनेपछि...

Apr 24, 2026 03:21 PM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ‘नरकजस्तो देश’ भनेपछि त्यसले भारतभर एउटा हंगामा नै मच्चिएकाे छ । भारतले ट्रम्पकाे उक्त भनाइकाे खन्डन गरेकाे छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ट्रम्पको यो कदमको आलोचना गर्दै यस्तो टिप्पणीलाई पूर्ण रूपमा अस्वीकार्य बताएका छन् । उनले भनेका छन्, 'यो टिप्पणी स्पष्ट रूपमा अज्ञानतापूर्ण, अनुचित र अभद्र छ । यस्ता कुराहरूले भारत–अमेरिका सम्बन्धको वास्तविकतालाई दर्साउँदैन, जुन लामो समयदेखि आपसी सम्मान र साझा हितमा आधारित रहिआएको छ ।'

ट्रम्पले कन्जरभेटिभ रेडियो होस्ट माइकल स्याभेजले गरेको एउटा विवादित टिप्पणीलाई आफ्नो सामाजिक सञ्जालमा साझा गरेका थिए, जसमा भारत र चीनलाई ‘नरकजस्तो देश’ भनिएको छ ।

ट्रम्पले भारत र चीनका नागरिकले अमेरिकाको ‘बर्थराइट सिटिजनसिप’ अर्थात् जन्मका आधारमा पाइने नागरिकताको दुरुपयोग गरिरहेको पनि आरोप लगाएका छन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।