विकल पौडेल दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा, ६९ करोड बिगो दाबी

Apr 29, 2026 06:47 PM Merolagani



राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनको मुद्दा खेपिरहेका विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध सम्पत्ति शुद्धिकरणको अर्को ठूलो मुद्दा दायर गरेको छ। 

विभागले उनीहरूमाथि झन्डै ६९ करोड रुपैयाँ अवैध रूपमा शुद्धीकरण गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। यसअघि नै ६२ करोड ६५ लाख ९१ हजार रुपैयाँ विदेशी विनिमय अपचलन गरेको अभियोग लागेका पौडेलमाथि थप अनुसन्धान गर्दा अवैध सम्पत्ति लुकाएको भेटिएको विभागको दाबी छ। विभागले दायर गरेको अभियोग पत्रमा विकललाई ६१ करोड १३ लाख र उनकी पत्नी एलिनालाई ७ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ। दुवैको गरी कुल ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ बिगो कायम गर्दै विभागले त्यसको दोब्बर जरिवाना र कैद सजायको माग गरेको छ।

साविक कटुवाचौपारी ४, पर्वत स्थायी ठेगाना भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने पौडेलले विदेशी विनिमय अपचलनबाट आर्जित रकमलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन विपरित व्यवस्थापन गरेको अनुसन्धानबाट खुलेको हो। विभागले जिल्ला सरकारी वकील कार्यालयमार्फत दर्ता गरेको यो अभियोगमा अवैध रूपमा आर्जित सम्पूर्ण सम्पत्ति जफत गर्न समेत मागदाबी लिएको छ। पछिल्लो समय प्रविधि र ठेक्कापट्टामा जोडिएका व्यक्तिहरूमाथि राजस्वले आफ्नो निगरानी कडा पार्दै लगेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।