लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ टर्‍यो, नयाँ मिति तय हुँदै

Apr 30, 2026 01:14 PM Merolagani



रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग गर्दै दायर गरिएको रिटको सुनुवाइ स्थगित भएको छ।

उक्त रिटमाथि बिहीबार (वैशाख १७) सर्वोच्च अदालत मा सुनुवाइका लागि पेसी तोकिएको थियो।

सुनुवाइका लागि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेलशान्तिसिंह थापा सम्मिलित पूर्ण इजलास गठन गरिएको थियो।

तर विपक्षी रवि लामिछानेका तर्फबाट सुनुवाइ स्थगित गरिएको र अब अर्को पेसीको तयारी भइरहेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ले जानकारी दिएका छन्।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।