कम्पनीले देशभर गुणस्तरीय र भरपर्दो इन्टरनेट तथा दूरसञ्चार सेवा विस्तारका लागि साझा पूर्वाधार मोडलमा काम गर्नेछ । यस अन्तर्गत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई ‘प्लग–एण्ड–प्ले’ अवधारणा अनुसार पूर्वाधार उपलब्ध हुने प्राधिकरणले जनाएको छ । सेवा प्रदायकहरूले छुट्टाछुट्टै पोल गाड्ने,तार टाँग्ने वा सडक खन्ने आवश्यक नपर्ने बताइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साझा पूर्वाधार प्रणालीले सहरी व्यवस्थापन, इन्टरनेट पहुँच विस्तार र डिजिटल सेवाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
उनका अनुसार प्राधिकरणसँग रहेका अप्टिकल फाइबर,भूमिगत संरचना तथा पोललाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराइनेछ ।