खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

May 01, 2026 02:57 AM Merolagani



नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ। नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा तोकिएको छ।

यता, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ।

त्यसैगरी, एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि भएपछि अब एक सिलिन्डरको मूल्य २१६० रुपैयाँ पुगेको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।