बिक्री आम्दानीसँगै बढ्यो हिमालयन डिष्टिलरीको नाफा

May 03, 2026 06:48 AM Merolagani



नेपालको अग्रणी मदिरा उत्पादक कम्पनी हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा र बिक्री आम्दानी दुवैमा वृद्धि देखिएको छ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ९ करोड १४ लाख रुपैयाँ खुद बिक्री आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको बिक्री २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ रहेको थियो। बिक्रीमा आएको ११ प्रतिशत वृद्धिसँगै कम्पनीको खुद नाफा पनि ८५ करोड १३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १५.१६ प्रतिशत बढी हो।

मुख्य वित्तीय सूचकहरू

कम्पनीको प्रतिशेयर आम्दानी र अन्य वित्तीय अनुपातहरू पनि बलियो देखिएका छन्ः

चुनौती र व्यावसायिक विश्लेषण

कम्पनीले आफ्नो प्रतिवेदनमा उल्लेख गरे अनुसार, राष्ट्रिय अर्थतन्त्रमा देखिएको केही सुस्तता र उपभोक्ताको क्रयशक्तिमा आएको परिवर्तनका बाबजुद कम्पनीले आफ्नो बजार हिस्सा जोगाउन सफल भएको छ। तर, कच्चा पदार्थको बढ्दो मूल्य, ऊर्जा संकट र मदिराजन्य उत्पादनमा लगाइने अन्तःशुल्कको उच्च दरलाई कम्पनीले मुख्य आन्तरिक तथा बाह्य चुनौतीको रूपमा पहिचान गरेको छ।

कम्पनीले आगामी दिनमा उत्पादन लागत कम गर्न ‘डीडीजीएस’ प्लान्ट जस्ता नयाँ प्रविधिहरूको प्रयोग र उत्पादन विविधीकरणमा जोड दिने रणनीति लिएको छ।

वित्तीय विश्लेषण

बढ्दो सञ्चालन नाफाः सञ्चालन खर्च नियन्त्रणमा रहेका कारण कम्पनीको सञ्चालन नाफा १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

बलियो जगेडा कोषः कम्पनीको चुक्ता पूँजी २ अर्ब ६७ करोड रुपैयाँ रहँदा जगेडा कोष १ अर्ब १७ करोड पुग्नुले कम्पनीको लाभांश वितरण गर्ने क्षमता बलियो रहेको देखिन्छ।

बजार मुल्याङ्कनः ३७.२३ गुणा (गत साताकाे अन्तिम काराेबार मूल्यका आधारमा) को पीई रेशियोले बजारमा यस कम्पनीको शेयरप्रति लगानीकर्ताको उच्च आकर्षण रहेको पुष्टि गर्छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।