प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा

May 06, 2026 04:46 PM Merolagani



प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाएका छन् ।

बुधवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको जिकिर समेत गरे । संसदको अधिवेशन आह्वान गर्ने र संसदको अधिवेशन बन्द गर्ने सो खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको भनाई छ । उनले प्रधानमन्त्री साहले संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण कायम गर्न सो सम्बन्धि कानून अध्यादेशमार्फत संशोधन गराएको पनि बताए । प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउने कुरा आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत सभापति थापाले बताए ।

उनले भने,‘भोलि संवैधानिक परिषद्को बैठक बोलाइएको छ ५ बजे । प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ । त्यो प्रधानन्यायाधीश बनाउने पात्र प्रस्तुत गर्छु, त्यसका लागि तर्क प्रश्तुत गर्छुं । यसको आधारमा संवैधानिक परिषद्बारा यसको निर्णय गराउँछु भनेर होइन । मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ । र भोलि कानूनमन्त्री आउनुहुन्छ । उहाँ आइसकेपछि तीन जनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधानन्यायाधीश कसलाई बनाउने ? आफूले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने । जसलाई मन लाग्यो, त्यसलाई बनाउने । त्यहाँभित्र अमङ द उम्मेदवार । यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रण राख्नका लागि यस्तो ठूलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ । अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो । त्यो बेला हामीले रोक्यौँ । अब अहिले हामीले रोक्न सकेनौँ । किनकी यो अध्यादेश बनेर गयो । तर अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे ल्याउनका लागि गरिएको त्यो भन्दा के फरक भयो र यो ? यो भन्दा अगाडिको प्रधानमन्त्रीले आफनो मान्छे नियुक्तिका लागि पूरै जालझेल गर्नुभयो । अहिलेको प्रधानमन्त्रीले पनि त्यही जालझेल गर्दै हुुनहुन्छ । यो आपत्तिजनक छ । यसमा नेपाली काँग्रेस पार्टीको प्रश्न छ । यसमा हाम्रो असहमती छ । यो कुरा हामीले यहाँ राखेका छौँ । यो कुरा हाम्रा साथीहरुले संसदमा राख्नु हुन्छ ।’

बिहीवार भोलि अपरान्ह ५ बजे संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री साहले बोलाएका छन् । सभापति थापाले प्रधानन्यायाधीश आफ्नालाई बनाउनका लागि प्रधानमन्त्रीले सो बैठक बोलाएको भन्दै त्यस्ता खालका जालझेल आपत्तिजनक रहेको बताए ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।