देशको खस्कँदो अर्थतन्त्र र निजी क्षेत्रको मनोबल कमजोर भएको समयमा आएको यो नयाँ कार्यसमितिलाई उद्योगी व्यवसायीहरूले निकै आशा र भरोसाका साथ हेरेका छन् ।
नयाँ पदाधिकारीको टोली
महासंघको मुख्य नेतृत्वमा यसपटक अनुभव र युवा जोसको सम्मिश्रण देखिएको छ।
अध्यक्षः अञ्जन श्रेष्ठ (लक्ष्मी ग्रुपका निर्देशक)
उपाध्यक्ष (एसोसिएट: प्रबलजंग पाण्डे
उपाध्यक्ष (वस्तुगत: नरेशलाल श्रेष्ठ
उपाध्यक्ष (जिल्ला नगर: कृष्णप्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ
कार्यकारिणी सदस्यहरूः को–को आए नयाँ टोलीमा ?
निर्वाचनले विभिन्न क्षेत्रबाट प्रभावशाली व्यावसायिक व्यक्तित्वहरूलाई कार्यसमितिमा ल्याएको छ । सदस्यहरूको विस्तृत सूची निम्न अनुसार छः
१. एसोसिएट तर्फ (२ महिलासहित १९ जना) :
यस विधामा ठूला औद्योगिक घरानाहरूको वर्चस्व देखिएको छ । विशेषगरी महिला कोटाबाट जुना माथेमा र अभिज्ञा मल्लले उच्च मतका साथ जित हासिल गरेका छन् । अन्य सदस्यहरूमा अम्बिकाप्रसाद पौडेल, इश्वरबहादुर जिसी, ए.उज्जवलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, वटु लामिछाने बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशिल थापा र हेमन्त गोल्छा रहेका छन् ।
२. वस्तुगत तर्फ (१४ सदस्य):
विभिन्न वस्तुगत संघहरूको प्रतिनिधित्व गर्दै सागर ढकाल (नेपाल स्टक ब्रोकर एसोसिएसन) सहित अरनिको राजभण्डारी (नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ), नानीराज घिमिरे (नेपाल चलचित्र निर्माता संघ), पशुपतिदेव पाण्डे (नेपाल तयारी पोशाक उद्योग संघ), विदुर धमला (नेपाल जग्गा तथा आवास विकास संघ), भक्तबहादुर हमाल (रसायन तथा मेडिकल आपूर्ति संघ), रविन पुरी (नेपाल दाना उद्योग संघ), राजकुमार कार्की (नेपाल कुचो संघ), लिलेन्द्रप्रसाद प्रधान (नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन), संघर्ष विष्ट (रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल) र होमप्रसाद घिमिरे (नेपाल प्लाईउड उत्पादक संघ) कार्यसमितिमा प्रवेश गरेका छन् ।
३. जिल्ला–नगर तर्फ (१५ सदस्य):
देशभरका ७७ वटै जिल्लाका व्यवसायीहरूको आवाज बोक्नका लागि अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खडुका, सुदर्शन कार्की र हरिप्रसाद अर्याल चुनिएका छन्।
४. जिल्ला–नगर तर्फ महिला (२ सदस्य) :
त्यस्तै दुई महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई विजयी भएका छन् ।
५. जिल्ला–नगर प्रदेश (प्रत्येक प्रदेशबाट २ जना गरी कुल १४ जना)
देशभरका सात प्रदेशबाट प्रतिनिधित्व गर्नका लागि कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेश प्रदेशबाट अमरनाथ शाह र विकासकुमार सारडा, बागमती प्रदेशबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकी प्रदेशबाट पविन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराइ र बालकृष्ण सुवेदी, कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा, सुदुरपश्चिमबाट पिताम्बर जोशी निर्वाचित भएका छन भने बाँकी एक जना गोलाप्रथाबाट निर्वाचित गरिने निर्वाचित समितिले जनाएको छ । वस्तुगत समूहमा महिला सदस्यमा भने नेपाल कृषि मेशिनरी व्यवसायी संघको तर्फबाट सुनिता म्हम्हाफुकी निर्वाचित भएका छन् ।
६. वस्तुगत महासंघ (२ जना)
वस्तुगत महासंघतर्फ ढुवानी व्यवसायी महासंघ नेपालबाट विश्वनाथ खनाल र कम्युटर एसोसिएसन नेपाल महासंघबाट सुनैना घिमिरे निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वको काँधमा गह्रौँ जिम्मेवारी
अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा आएको नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिले मुलुकको खस्कँदो अर्थतन्त्रलाई गतिशिल बनाउने र निजी क्षेत्रको गरिमालाई उच्च राख्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको छ। यस टिमले विशेषगरी मौद्रिक र वित्त नीतिबीच प्रभावकारी समन्वय गरी ब्याजदरमा स्थिरता ल्याउने, आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला व्यवसायीहरूलाई राहत दिलाउने र दोस्रो चरणको आर्थिक सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग दरिलो पैरवी गर्ने लक्ष्य लिएको छ। साथै, महासंघको सचिवालयलाई थप व्यावसायिक र अनुसन्धानमुखी बनाउँदै आगामी तीन वर्षभित्र ५ लाखभन्दा बढी उद्यमीहरूको हित संरक्षण र देशको आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने दृढ संकल्प यो नेतृत्वले राखेको देखिन्छ।