शुक्रबार नेप्से परिसूचक २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बिहीबार २ अर्ब ९३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ५३ हजार १४ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँबराबरको ७४ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल फरेष्ट इण्डको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.५४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन होटल फरेष्ट इन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड ८६ लाख ९४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन स्थिर रहेको छ।