सरकारी सम्पत्ति गैरकानूनी रूपमा लिलामी गर्न खोज्ने थप दुई जना पक्राउ

May 09, 2026 08:16 AM Merolagani



सरकारको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गराउने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैशाख २५ गते प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे जानकारी दिय

स्मार्ट टेलिकम प्रा. लि. ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेका कारण २०८० वैशाख ३ गतेदेखि यसको अनुमतिपत्र स्वतः रद्द भएको थियो। अनुमतिपत्र रद्द भएपछि प्रचलित नियमावली अनुसार उक्त कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार र सञ्चालन प्रणाली नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो। तर, सरकारी नियन्त्रणमा रहेको उक्त सम्पत्तिलाई बेइमानीपूर्वक हक टुटाउने र गैरकानूनी रूपमा लिलामी गर्ने प्रक्रियामा संलग्न भई ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

 

पक्राउ पर्नेहरूमा काठमाडौंको न्यूरोड स्थायी ठेगाना भई हाल झम्सीखेल बस्ने ५५ वर्षीया पलिना श्रेष्ठ र पनौती स्थायी ठेगाना भई हाल धापासी बस्ने ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन्। ब्यूरोको टोलीले श्रेष्ठलाई जमल र उलाकलाई बखुन्डोलबाट नियन्त्रणमा लिएको हो। उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई थप अनुसन्धान भइरहेको जानकारी ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले दियो।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।