सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएकाे बताए ।
यस दिन अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक बस्ने तय छ । सिंहदबारस्थित प्रतिनिधिसभाकक्ष (बहुउद्देश्यीय हल)मा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।