बजेट तर्जुमाका लागि राष्ट्र बैंकले आफ्नो रायसहितको प्रतिवेदन अर्थमन्त्रीलाई बुझायाे

May 11, 2026 01:58 PM Merolagani



आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तर्जुमाका लागि नेपाल राष्ट्र बैंकले आफ्नो रायसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझाएका हुन।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कानुनी प्रावधान बमोजिम बैंकले यो प्रतिवेदन बुझाएको हो । ऐनको दफा ४ मा आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, ऐनको दफा ६९ (४) ले नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको समग्र आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा सरकार समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।