२६ मेगावाट विद्युत् उत्पादन कुरिरहेको सुपर खुदी हाइड्रोपावर, क्यासकेडसहित अन्य आयोजनामा समेत हात हाल्दै

Jun 02, 2026 02:13 PM Merolagani



हरिप्रसाद  शर्मा

नेपालको जलविद्युत क्षेत्रमा व्यावसायिकता र प्राविधिक उत्कृष्टतालाई आत्मसात गर्दै अघि बढेको जलविद्युत् कम्पनी हो, सुपर खुदी हाइड्रोपावर लिमिटेड ।

केही महिनाअघि मात्र नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट सूचीकृत भइ शेयर कारोबारमा समेत संलग्न रहेको यो कम्पनीले मुलुकमा रहेको जलस्रोतको प्रचुर सम्भावनालाई उपयोग गर्दै ऊर्जा आत्मनिर्भरतामा योजना दिने उद्देश्य राखेको छ ।

सुपर खुदी हाइड्रोपावर लिमिटेडले प्रचलित कानुन बमोजिम २०६५ साल पुस २ गते कम्पनीको रुपमा दर्ता भई २०८० साल असार १३ गतेदेखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भइ कारोबार गर्दै आएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत यो कम्पनीले आफ्ना कामकारबाही तथा कारोबार गर्दै आईरहेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३०, चारखाल, डिल्लीबजारमा रहेको छ । आवश्यकतानुसार स्वीकृति लिई अन्य स्थानहरुमा पनि रजिष्टर्ड कार्यालय सार्न वा शाखा कार्यालय खोल्न सकिनेछ । त्यस्तै, कम्पनीको जलविद्युत उत्पादन केन्द्र (पावर हाउस) लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिका २ र ३ मा रहेको छ ।

तीन महिनामा बत्ती बाल्ने लक्ष्य

कम्पनीले २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुर्याएको छ । हालसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सकिएको छ । त्यस्तै, कम्पनीले आगामी तीन महिनाभित्र आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार ३१० रुपैयाँ रहेको छ । अर्थात, प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार ८९३ रुपैयाँ । सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र २७ वर्ष ५ महिना बाँकी छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ ।

माथिल्लो खुदी जलविद्युत आयोजनाबाट उत्पादन गरिएको सबै विद्युतशक्ती एकमुष्ट नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मञ्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७६ वैशाख ११ गते विद्युत खरिद बिक्री सम्झौता(पीपीए) सम्पन्न भइसकेको छ ।

पीपीए सम्झौताअनुसार, २०८० जेठ ३२ गते पहिलो संशोधन, २०८१ असार २० गते दोस्रो संशोधन तथा २०८१ कात्तिक २८ गते तेस्रो संशोधन भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८२ माघ ७ गते कायम गरिएको थियो ।  अवधिमा पनि आयोजना निर्माण हुन नसकेपछि म्याद थप गरी आयोजना निर्माणकार्य अघि बढाइएको थियो ।

आयोजनाको सम्पूर्ण निर्माण कार्य असार मसान्तभित्र सम्पन्न हुने र साउनदेखि आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका प्राजेक्ट म्यानेजर रबि गौतमले बताए ।

उनले हालसम्म आयोजनाको भौतिक प्रगति ८७ प्रतिशत सम्पन्न भएको र तीन महिनाभित्र बिजुली बाल्नेगरी अन्तिम तयारीको काम भइरहेको बताए । 'हामीले अब तीन महिनाभित्र २६ मेगावाटको सुपर खुदी जलविद्युत् आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ,’ उनले भने, ‘हालसम्म ८७ प्रतिशत निर्माण कार्य सकिएको छ ।’

नदी प्रवाहमा आधारित(रन अफ रिभर) प्रकृतिको उक्त आयोजना मर्याङ्दी नदीको सहायक नदीमा निर्माण भइरहेको छ । यो आयोजना प्राविधिक रूपमा चुनौतीपूर्ण भए पनि इन्जिनियरिङ कौशलका साथ निर्माण भइरहेको छ । यसले उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनको ‘खुदी सब–स्टेसन’ मार्फत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्नेछ ।

वित्तीय अवस्था र चुक्तापूँजी

कम्पनीले वित्तीय व्यवस्थापनका लागि स्वपुँजीको सन्तुलित मोडेल अपनाएको छ । कम्पनीको हालको जारी पूँजी करिब १ अर्ब २५ करोड रुपैयाँ हाराहारी छ । कम्पनीले जलविद्युत् आयोजनाका लागि नबिल बैंक लिमिटेडको नेतृत्वमा बैंकहरूको कन्सोर्टियम (सहवित्तीयकरण) मार्फत ऋण लगानी गरिएको छ ।

शेयर स्वामित्व

कम्पनीको संस्थापक शेयर ७५ प्रतिशत शेयर संस्थापक समूहको स्वामित्वमा रहेको छ । यसमा अनुभवी जलविद्युत प्रवर्द्धक, इन्जिनियर र प्रतिष्ठित व्यवसायीहरूको लगानी छ । बाँकी २५ प्रतिशत शेयर स्थानीय बासिन्दा र सर्वसाधारणका लागि जारी गरिसकेको छ ।

को–को छन कम्पनी सञ्चालक समिति

कम्पनीको नेतृत्वमा अनुभवी समूह रहेको छ । जसमा कम्पनीको सञ्चालक समिति अध्यक्ष चेतन प्रधान रहेका छन् । उनी जलविद्युत निर्माण र व्यवस्थापनमा लामो अनुभव भएका व्यक्तित्व हुन् । त्यस्तै, सञ्चालक सदस्य तथा कम्पनीका निर्देशकमा बटु लामिछाने, निभिता प्रधान, दलबहादुर विष्ट(स्वतन्त्र सञ्चालक) र कम्पनी सचिवमा नवराज निरौलालगायतका व्यावसायिक व्यक्तिहरू संलग्न छन् । त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) तथा प्रोजेक्ट म्यानेजर भने रबि गौतम रहेका छन् ।

1000आगामी योजना र मार्गचित्र

कम्पनीको मुख्य उद्देश्य निर्धारित समयमै आयोजना सम्पन्न गरी उत्पादन सुरु गर्नु हो । कम्पनी २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत् आयोजना मात्रै बनाइरहेको छैन, अन्य आयोजनामा पनि लगानीको हात अघि बढाइरहेको छ ।

कम्पनीले पहिलो आयोजना सफल भएपछि खुदी नदीकै क्यासकेड आयोजना वा अन्य सम्भावित जलविद्युत आयोजनाहरूमा लगानी गर्ने योजना बनाएको छ । विद्युत उत्पादन सुरु भएको छोटो समयमै ऋणको दायित्व कम गर्दै शेयरधनीहरूलाई उचित लाभांश वितरण गर्ने रणनीतिक योजना कम्पनीले बनाएको छ ।

स्थानीय समुदायको उत्थानका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सहयोग गर्दै ‘कर्पोरेट सामाजिक उत्तरदायित्व’लाई समेत कम्पनीले प्राथमिकता दिँदै आएको छ ।

सुपर खुदी हाइड्रोपावर लिमिटेडले पारदर्शी व्यवस्थापन र प्राविधिक दक्षताका साथ काम गरिरहेको देखिन्छ । लमजुङको भौगोलिक बनावट र खुदी खोलाको बहावलाई हेर्दा यो आयोजना लगानीका दृष्टिकोणले आकर्षक मानिन्छ । विशेषगरी अनुभवी नेतृत्व र बलियो बैंकिङ साखका कारण यो कम्पनी भविष्यमा एक सफल जलविद्युत उत्पादक कम्पनी बन्ने मार्गमा छ ।

 




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।