मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित

May 22, 2026 12:37 PM Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL)ले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको बैंकले जनाएको छ । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । ‘अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,’ एक विद्यार्थीले भावुक हुँदै बताए । अभिभावकहरूले पनि बैंकले गरेको सहयोगले आफ्ना छोराछोरीको भविष्यप्रति नयाँ भरोसा जागेको प्रतिक्रिया दिएका थिए ।

शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार भएकाले आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व रहेको बैंकले विश्वास लिएको छ । आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।