अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.२४ अंक घटेर २७७७.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६० अंक बढेर २७७७.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५६ स्टकको ९२ पटकको कारोबारमा २४ लाख ७० हजार ७९३ रुपैयाँबराबरको ४ हजार १७० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।