नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको वर्तमान सन्दर्भमा उपभोक्ता, व्यवसायी र प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली र ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले यो प्रर्दशनी आयोजना गर्न लागिएको हो। विद्युतीय व्यवसायी महासंघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक दिलिप कुमार अग्रवालका अनुसार सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको अवस्थामा यो मेला जेठ २५ गतेसम्म गरी चार दिन चल्नेछ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनीहरू, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ र प्रदर्शनीका सम्पूर्ण स्टलहरू बुकिङ भइसकेका छन्। मेलामा ट्रांसमिसन तथा डिस्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरणहरू, वायर, केबल तथा कन्डक्टर, एलइडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि र अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू प्रदर्शन गरिनेछ। यस प्रदर्शनीले उपभोक्ताहरूलाई एउटै थलोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू तुलना गर्न, प्राविधिक जानकारी लिन र सुरक्षित विद्युतीय सामग्रीको प्रयोगबारे सचेतना जगाउन उत्कृष्ट अवसर प्रदान गर्नेछ भने प्रदर्शक कम्पनीहरूका लागि आफ्नो ब्रान्ड प्रवर्द्धन गर्ने र व्यावसायिक सञ्जाल विस्तार गर्ने प्रभावकारी माध्यम बन्नेछ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका सरोकारवाला संस्थाहरूको सहयोग र सहभागिता रहने यस मेलाको व्यवस्थापन मिडिया स्पेसले गरिरहेको छ। मेलाको मुख्य प्रायोजकमा ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ भने पावर्ड बाइमा ह्यावेल्स, प्लेटिनम स्पोन्सरमा जनता के.आई., डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटवाइट इलेक्ट्रीकल्स तथा गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलइडी रहेका छन्। प्रदर्शनीको ओफिसियल बैंकमा नविल बैंक, ओफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, ओफिसियल क्यारियरमा एस.के.बी. ग्रुप, टेक्नोलोजी पार्टनरमा जुलाई टेक ल्याब्स र इन्टरनेट पार्टनरमा सजिलो नेट रहेका छन्। देश तथा विदेशका उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी र आम सर्वसाधारण गरी हजारौँ आगन्तुकहरूले यस मेलाको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ।