बजेट अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक, कारोबार रकममा पनि वृद्धि

May 27, 2026 03:09 PM Merolagani



आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५४ स्टकको ६० हजार ५६२ पटकको कारोबारमा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको १०.२५ प्रतिशत सानिमा डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक ६.६४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।