नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

May 27, 2026 06:00 PM Merolagani



नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका हुन् ।

 

सम्झौतामा योगदानमा आधारित भए/नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । बैंकका कर्मचारीहरूले मासिक/वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने छ । कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्ने छ । बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।

त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । बैंकको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकम, ऋण रकम तथा लगानी सहितको विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि रहेको छ ।

कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्ने छ ।

योसँगै आयकर ऐन २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साबिकका अवकाश कोषहरूमा रहेको बैंकको कर्मचारीहरूका अवकाश, उपदान र अतिरिक्त अवकाश कोषको रकम कोषमा रकमान्तरण गरिने पनि सम्झौतामा उल्लेख छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।