मे १४ मा आयोजित उक्त विशेष समारोहमा कम्पनीकी प्रबन्ध निर्देशक ट्रान डाङ बिक थाओ तथा कम्पनीका प्रमुख सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमले नेपालमा कम्पनीको उत्पादन क्षमतालाई सुदृढ गर्दै दिगो विकासप्रतिको दीर्घकालीन दृष्टिकोणलाई अझ मजबुत बनाउने एउटा सुखद अध्यायको सुरुवात गरेको छ ।
यो नयाँ फ्याक्ट्री कम्पनीको स्थानीय उत्पादन, कार्यक्षमता र जिम्मेवार व्यवसायिक अभ्यासप्रतिको निरन्तर प्रतिबद्धताको एउटा बलियो कडी हो । यसले नेपालका जनताको जीवनस्तर सुधार्न र समाजप्रतिको उत्तरदायित्वलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ । पूर्ण रूपमा सञ्चालनमा आएपछि यस फ्याक्ट्रीले स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । यसले स्थानीय समुदायलाई सशक्त बनाउने तथा आपूर्ति श्रृङ्खलाको दक्षता बढाउँदै देशको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ। कम्पनीले सुरक्षा, वातावरणीय जिम्मेवारी तथा समुदाय संलग्नताका उच्चतम मापदण्डहरू पालना गर्दै उच्च गुणस्तरीय उत्पादनहरू बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ ।
रोह्तो मेन्थोलेटम नेपाल प्राईभेट लिमिटेड जापानस्थित विश्वव्यापी छालाको हेरचाह तथा स्वास्थ्य उत्पादन क्षेत्रमा अग्रणी कम्पनी रोह्तो फार्मास्युटिकल कम्पनी लिमिटेडको सहायक कम्पनी हो । सन् २०१९ मा नेपालमा स्थापना भएदेखि नै उपभोक्ताहरूको दैनिक स्वास्थ्य र जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ यसले विभिन्न ब्रान्डका उत्कृष्ट उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ । यसको मातृ कम्पनी रोह्तो फार्मास्युटिकल कम्पनी लिमिटेडको औषधि, छालारोग विज्ञान र उपभोक्ता स्वास्थ्य क्षेत्रमा एक सय पच्चीस वर्षभन्दा बढीको गौरवशाली इतिहास र विश्वस्तरीय प्रतिष्ठा रहेको छ । यो बहुराष्ट्रिय कम्पनी नवप्रवर्तनमा आधारित दृष्टिकोण, उच्च गुणस्तरीय मापदण्ड तथा विज्ञान र सेवालाई संयोजन गरी विश्वसनीय स्वास्थ्य समाधान प्रदान गर्न संसारभर परिचित छ ।