नेपालमा बैंककाे ब्याजदर घटिरहेका बेला जापानमा बैंककाे ब्याजदर बढाउने कि नबढाउने भन्ने बिषयमा ठूलाे विवाद

May 28, 2026 12:12 PM Merolagani



नेपालमा निरन्तर बैंककाे ब्याजदर घटिरहेका बेला जापानमा बैंककाे ब्याजदर बढाउने कि नबढाउने भन्ने बिषयमा ठूलाे विवाद भएकाे छ । बैंक अफ जापानले आगामी जुन १५ र १६ मा मौद्रिक नीतिको समीक्षा बैठक आयोजना गर्दैछ।

उक्त बैठकले हाल करिब ०.७५ प्रतिशत रहेको बेन्चमार्क ब्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय गर्नेछ । गत अप्रिलको बैठकमा केन्द्रीय बैंकले ब्याजदरलाई यथावत राखेको भए तापनि नीति निर्धारण समितिका नौ सदस्यमध्ये तीन जनाले मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाउनुपर्ने धारणा राखेका थिए ।

यसैबीच, बैंक अफ जापान (बीओजे) का गभर्नर काजुओ उएदाले विश्व अर्थतन्त्रले सन् १९७० को दशकयता ऊर्जाको मूल्यमा ठूलो वृद्धिको सामना गरिरहेको र हाल विश्व ‘पाँचौँ तेल मूल्य झट्का’ को अवस्थामा रहेको बताए । टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर उएदाले विभिन्न समयमा तेलको मूल्यमा हुने वृद्धिप्रति जापानको उपभोक्ता मूल्यले फरक–फरक प्रतिक्रिया जनाएको उल्लेख गरे।

केन्द्रिय बैंकहरूले तेलको मूल्यलाई मात्र छुट्टै रूपमा हेर्न नहुने तर्क गर्दै उनले ज्याला, बजारको अपेक्षा, माग र विनिमय दरका आधारमा एउटै स्तरको मूल्य वृद्धिले पनि अर्थतन्त्रमा फरक प्रभाव पार्न सक्ने स्पष्ट पारे । जापानको विगतको अनुभवलाई उद्धृत गर्दै उनले तेलको मूल्यमा आउने उतारचढाव केवल मूल्य वृद्धि मात्र नभई समग्र मुद्रास्फीति प्रणालीको परीक्षण भएको बताए ।

मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य निरन्तर उच्च रहँदा तेलजन्य कच्चा पदार्थको आपूर्तिमा संकुचन आएको छ । यसले जापानको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ भने खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीहरू मूल्य वृद्धि गर्न बाध्य भएका छन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।