हर्कले स्टाटस लेख्दै भने-'बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ? मिल्नुपर्छ भनेर मैले हिजो निम्तो पठाए'

May 28, 2026 01:51 PM Merolagani



श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पार्टी एकताको प्रस्ताव गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “केपी ओली र प्रचण्ड मिल्नसक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ? मिल्नुपर्छ भनेर मैले हिजो निम्तो पठाएको छु ।”

केही दिनअघि प्रलोपा त्यागेका सुदन किँराती श्रम संस्कृति पार्टीमा समाहित भएका छन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।