आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको आधिकारिक वित्तीय विवरण अनुसार जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूले सूचीकृत साधारण शेयरमा मात्रै कुल ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेका हुन्। यस लगानीमा दीर्घकालीन प्रकृतिको कोष खडा गर्ने जीवन बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी अर्थात् ८१ प्रतिशतभन्दा माथि रहेको छ।
जीवन बीमा कम्पनीहरू (Life Insurance)
|
क्र.सं.
|
बीमा कम्पनीको नाम
|
लगानी
(करोड रुपैयाँमा)
|
|
१
|
हिमालयन लाइफ इन्स्योरेन्स लि.
|
१२४.६८
|
|
२
|
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.
|
६९.६३
|
|
३
|
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.
|
५१.५६
|
|
४
|
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.
|
३१.३५
|
|
५
|
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.
|
३०.२५
|
|
६
|
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लि.
|
२८.८४
|
|
७
|
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.
|
२८.४२
|
|
८
|
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.
|
२३.३५
|
|
९
|
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.
|
२०.७४
|
|
१०
|
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.
|
१५.९४
|
|
११
|
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.
|
१५.४९
|
|
१२
|
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि.
|
१४.१४
|
|
१३
|
राष्ट्रिय जीवन बीमा कम्पनी लि.
|
६.७८
|
|
-
|
जीवन बीमा क्षेत्रको जम्मा
|
४,६११.७७
|
शेयर बजारमा लगानीका हिसाबले अग्रस्थानमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले सूचीकृत साधारण शेयरमा कुल ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गरेका छन्, जुन समग्र बीमा क्षेत्रको शेयर बजार लगानीको ८१.६४ प्रतिशत हुन आउँछ। जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक्लै ६ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेर बजारमा आफ्नो बलियो उपस्थिति देखाएको छ भने हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले समग्र पोर्टफोलियो सहित ठूलो हिस्सा ओगटेको छ। यद्यपि, नेपालमा वैदेशिक शाखाको रूपमा सञ्चालित मेट लाइफको भने सूचीकृत साधारण शेयरमा लगानी शून्य रहेको वित्तीय विवरणले देखाउँछ।
निर्जीवन बीमा कम्पनीहरू (Non-Life Insurance)
|
क्र.सं.
|
बीमा कम्पनीको नाम
|
लगानी (करोड रुपैयाँमा)
|
|
१
|
राष्ट्रिय बीमा कम्पनी लि.
|
७.९४
|
|
२
|
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.
|
७.७४
|
|
३
|
नेको इन्स्योरेन्स लिमिटेड
|
६.२५
|
|
४
|
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड
|
५.८६
|
|
५
|
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड
|
४.९७
|
|
६
|
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लि.
|
४.७८
|
|
७
|
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड
|
४.७२
|
|
८
|
सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड
|
३.४१
|
|
९
|
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
|
३.३६
|
|
१०
|
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
|
२.४२
|
|
११
|
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड
|
२.१३
|
|
१२
|
प्रभु इन्स्योरेन्स लिमिटेड
|
०.८९
|
|
-
|
निर्जीवन बीमा क्षेत्रको जम्मा
|
५४४.६५
|
त्यसैगरी, निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका १४ वटा कम्पनीहरूले पनि नेप्सेमा सूचीकृत साधारण शेयरमा ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी गरेर दोस्रो ठूलो हिस्सा ओगटेका छन्। निर्जीवन बीमा कम्पनीहरूमध्ये सरकारी स्वामित्व समेत रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सूचीकृत शेयरमा सबैभन्दा बढी ७९ करोड ४१ लाख रुपैयाँ लगानी छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ७७ करोड ३६ लाख रुपैयाँ लगानीसहित दोस्रो स्थानमा रहेको छ। यस क्षेत्रका दि ओरिएन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनीले भने सूचीकृत साधारण शेयरमा कुनै पनि रकम लगानी गरेका छैनन्।
पुनर्बीमा कम्पनीहरू (Reinsurance)
|
क्र.सं.
|
कम्पनीको नाम
|
लगानी (करोड रुपैयाँमा)
|
|
१
|
हिमालयन रि इन्स्योरेन्स कम्पनी लि.
|
४२.३०
|
|
२
|
नेपाल पुनर्बिमा कम्पनी लिमिटेड
|
६.९१
|
|
-
|
पुनर्बीमा क्षेत्रको जम्मा
|
४९२.१६
|
यता देशमा सञ्चालित दुई पुनर्बीमा कम्पनीहरूले सूचीकृत साधारण शेयरमा कुल ४ अर्ब ९२ करोड १५ लाख रुपैयाँ लगानी गरी बजारमा झण्डै ५ अर्बको हिस्सा ओगटेका छन्। यस क्षेत्रमा नयाँ कम्पनीको रूपमा भित्रिएको हिमालयन रि इन्स्योरेन्सले आक्रामक बजार रणनीतिसहित ४ अर्ब २३ करोड ३ लाख रुपैयाँ सूचीकृत साधारण शेयरमा परिचालन गरेको देखिन्छ भने सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) को सूचीकृत साधारण शेयरमा ६९ करोड १२ लाख रुपैयाँ मात्र लगानी रहेको छ।
बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम आफ्नो प्राविधिक कोषको निश्चित सीमाभित्र रही गरिएको यो साढे ५६ अर्ब रुपैयाँभन्दा बढीको लगानीले नेप्सेको उतारचढावलाई सन्तुलनमा राख्न र बजारलाई स्थायित्व दिन महत्वपूर्ण योगदान पुर्याएको वित्तीय विश्लेषकहरू बताउँछन्। विशेषगरी दीर्घकालीन प्रकृतिको दायित्व हुने जीवन बीमा कम्पनीहरूको ठूलो र स्थिर पूँजीका कारण शेयर बजारमा यस क्षेत्रको उपस्थिति निकै महत्वपूर्ण र निर्णायक रहने गरेको छ।