विद्युत उपभोगमा भ्याट लगाउने निर्णय तत्काल फिर्ता लिनुपर्छः रास्वपा सांसद महत्तो

May 31, 2026 04:19 PM Merolagani



सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजकिशोर महत्तोले विद्युत उपभोगमा लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता लिन माग गरे ।

आईतवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले उक्त माग गरे । उनले मासिक ५० युनिट बढी विद्युत खपत गर्ने उपझोक्ता विलासी वर्ग नभएको बताए । सरकारको नितिले लाखौँ परिवारको मासिक खर्च बढाउने, विद्युतीय प्रयोगलाई निरुत्साहित गराउने तथा पुन एपली ग्यासमा निर्भरता बढाउने जोखिम पैदा गरेको उनको भनाई छ । स्वदेशमा नै उत्पादित स्वच्छ र हरित उर्जाको प्रयोग बढाउन प्रोत्साह गर्नुपर्ने अवस्थामा विद्युत खपतमा कर लगाउनुले उर्जा रुपान्तरण, व्यापारघाटा न्युनिकरण र हरित अर्थतन्त्र निर्माणको राष्ट्रिय लक्ष्यसंग मेल नखाने उनले बताए ।

उनले भने, ‘मासिक ५० युनिटभन्दा बढी बिद्युत खपत गर्ने अधिकांश उपभोक्ता कुनै विलासी वर्ग होईन, सामान्य नेपाली परिवार हुन् । यो निर्णयले लाखौँ परिवारको मासिक खर्च बढाउने, विद्युतीय प्रयोगलाई निरुत्साहित गराउने तथा पुन एपली ग्यासमा निर्भरता बढाउने जोखिम पैदा गरेको छ । स्वदेशमा नै उत्पादीत स्वच्छ र हरित उर्जाको प्रयोग बढाउन प्रोत्साह गर्नुपर्ने अवस्थामा यस्तो कर लगाईनु उर्जा रुपान्तरण, व्यापारघाटा न्युनिकरण र हरित अर्थतन्त्र निर्माणको राष्ट्रिय लक्ष्यसंग मेल खाँदैन, त्यसैले आम उपभोक्ताको हित, स्वदेशी विद्युतको अधिकतम उपभोग तथा राष्ट्रिय उर्जा सुरक्षाको पक्षमा सरकारले विद्युत उपभोगमा लगाएको ५ प्रतिशत भ्याट तत्काल फिर्ता लिन सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फट ५० युनिटभन्दा बढी विद्युत उपभोग गर्नेलाई ५ प्रतिशत भ्याट लगाउने नीति लिएको छ । सरकारको उक्त नीतिप्रति सत्तारुढ दल नै असन्तुष्ट देखिएका छन् ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।