प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, सेबोनको अध्यक्ष नियुक्ति गर्ने सम्भावना कति ?

Jun 02, 2026 10:14 AM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार (जेठ १९) दिउँसो १२ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति गर्ने सम्भावना बलियाे देखिएकाे छ । अर्थ मन्त्रालय अन्तर्गतको छनौट समितिले ४७ जना आवेदकहरूमध्येबाट चार जनाको नाम 'सर्ट लिस्ट' सार्वजनिक गरिसकेकाे छ ।

सर्ट लिस्टमा परेकामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट परेका छन्। उनीमध्ये एक जनालाई अध्यक्ष नियुक्ति गर्ने सम्भावना रहेकाे स्राेतकाे भनाइ छ ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।