सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्न इच्छुक रहेकाे माेदीकाे भनाइ

Jun 03, 2026 02:59 PM Merolagani



रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। बुधबार नयाँ दिल्लीमा उनीहरुबीच भेटवार्ता भएको हो।

भेटपछि प्रधानमन्त्री मोदीले रास्वपा सभापति लामिछानेलाई भेट्न पाउँदा खुसी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु।’




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।