फिलिपिन्समा भूकम्पः सुनामीको चेतावनी

Jun 08, 2026 08:45 AM Merolagani



सोमबार फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। भूकम्पले भवनहरूमा क्षति पुगेको बताइएको छ।

भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छ। प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो। स्थानीय समयअनुसार बिहान ७ः३७ बजे (नेपाली समय अनुसार बिहान ५ः२२ बजे) भूकम्प गएको हो।

देशका विभिन्न भागहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ। केही विद्यालय तथा विश्वविद्यालयका भवनहरूमा समेत क्षति पुगेको बताइएको छ।

तटीय क्षेत्र नजिक भूकम्प गएकोले संरचनात्मक क्षति तथा सम्भावित सुनामीको जोखिम बढाएको अधिकारीहरूले बताएका छन्।

रोयटर्सका अनुसार, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले सुरुमा भूकम्पको तीव्रता ८.२ म्याग्निच्युड रहेको बताएको थियो। यसलाई पछि संशोधन गरिएको थियो। अन्य भूकम्प अनुगमन संस्थाहरूले भने ७.० देखि ७.८ म्याग्निच्युडसम्मको फरक–फरक अनुमान सार्वजनिक गरेका थिए।

एएफपीका अनुसार भूकम्पमा परी कम्तीमा एकजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।