शुक्रबार हुने अधिवेशनमा अहिलेसम्म दुईवटा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । अहिलेसम्म खासगरी, वरिष्ठ उपाध्यक्षमा संस्थाका महासचिव बलराम खतिवडा र उपाध्यक्षसमेत रहेका उत्तम भ्लोन लामाले छुट्टाछुट्टै प्यानल बनाएर टीम घोषणा गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा छुट्टाछुट्टै प्यानल बनाएर घोषणा गरिएको हो । हालसम्म घोषणा गरिएकोमा बलराम खतिवडाले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आफ्नो टीम घोषणा गरेका छन् ।
जसमा उपाध्यक्ष पदमा भरतबहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, दीपक पौडेल, सिर्जना खड्का, महासचिव पदमा प्रकाशचन्द्र दुलाल, सचिव पदमा कृष्ण प्रसाद घिमिरे, तारा बहादुर इस्बो लिम्बु, बिरेन्द्र बहादुर मल्ल, संगीता धमला, इशा श्रेष्ठ, कोषाध्यक्ष पदमा मिथुन पौडेल र सदस्यहरुमा सोमनाथ कँडेल,भुषण गुरागाई, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कँडेल, सुकुन्द ओझा, ज्योती गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन् ।
त्यस्तै, उत्तम भ्लोन लामा नेतृत्वको वरिष्ठ उपाध्यक्ष प्यानलले पनि आफ्नो चुनावी टीम घोषणा गरेको छ । उपाध्यक्षहरुमा शुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट, नरेन्द्र वल्लभ पन्त, महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता पोखरेल, कोषाध्यक्षमा शंकर वस्याल, सचिवहरुमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी, विजय मोहन भट्टराई र सदस्यहरुमा अनुप आचार्य, जगत पोखरेल, कदम के.सी., प्रतिमा ज्ञवाली, वर्णन लामिछाने, नारायण खनाल, ज्योति गैरे, सोमनाथ कंडेल, सरिता शाक्य प्रधान रहेका छन् ।
उत्तम भ्लोन लामा नेतृत्वको टीमले पनि बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आफ्ना प्यानलसहितको टीम घोषणा गरेको हो । इप्पानका अध्यक्ष गणेश कार्कीले सकेसम्म सर्वसम्मतीमा नेतृत्व हस्तान्तरण गर्ने पक्षमा आफु रहेको बताएका छन् ।
‘म अन्तिम समयसम्म पनि यो नेतृत्व सर्वसम्मत रुपमा छानेर हस्तान्तरण गर्न चाहन्छु,’ उनले भने।