प्रि ओपन सेसन अपडेटः साढे ३ अंक घट्यो नेप्से

Jun 15, 2026 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ४.०० अंक घटेर २७२४.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६० अंक घटेर २७२०.४३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५८ स्टकको १३९ पटकको कारोबारमा २ करोड १७ लाख ७८ हजार ३१३ रुपैयाँ १० पैसाबराबरको ३३ हजार ९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

Jun 10, 2026 02:44 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताएका छन्।