बैंकले जिल्ला प्रहरी कार्यालय,घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय काँकरभिटृा, झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरु हस्तान्तरण गरेको छ ।
साथै ,ट्राफिक कार्यालय बर्दिया,गुलरियालाई रोड डिभाइडर, सचेतामूलक बोर्ड सहयोग गरेको छ । उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पु-याउँदै आएको छ। बैंकले आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।