हिमालयन रिइन्स्योरेन्सको कायममुकायम सीईओमा मुकेश कुमार कपुर नियुक्त

Jun 17, 2026 05:17 PM Merolagani



हिमालयन रिइन्स्योरेन्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मा मुकेश कुमार कपुर नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समिति बैठकले उनलाई कायमुकायम सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका सीईओ उपासना पौडेल आर्थिक हिनामिना गरेको आरोपछि उनी फरार छिन् । उनको सट्टामा हाल मुकेश कपुरलाई कायममुकायम सिईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

कपुर कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।