उनले अध्यक्षमा नियुक्त हुने व्यक्तिको दश पुस्ते सम्वन्ध र गतिविधि केलाएर नियुक्त गर्न लागिएको बताए ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘हामीले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि मानिस चुनिसकेका छौं । तर, त्यसका लागि पनि उसलाई राम्रोसँग हेरेर, अध्ययन गरेर १० पुस्ते सम्बन्धहरु केलाएर, विगतका गतिविधिहरु हेरेर नियुक्ती गर्नेमा लागि परेका छौं । ।’ उनले बताए ।
बिमा प्राधिकरणमा नियुक्त हुने अध्यक्षको हकमा पनि त्यसै गरिने उनले बताए । ‘हामी सही मानिस ल्याउने छौं । बिमा प्राधिकरणको हकमा पनि त्यहि हुनेछ ।’ उनले बताएका छन् ।