सार्वजनिक निष्कासनकाे तयारीमा रहेकाे ब्रह्म ज्योति होल्डिङ्सद्वारा क्रेडिट रेटिङका लागि केयर रेटिङ नेपालसँग सम्झौता

Jun 18, 2026 06:06 PM Merolagani



सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने अन्तिम तयारीमा रहेको ब्रह्म ज्योति होल्डिङ्स लिमिटेडले आफ्नो प्रक्रियालाई थप तीव्र बनाएको छ।

कम्पनीले क्रेडिट रेटिङ प्रक्रियाका लागि रेटिङ एजेन्सी CARE Ratings Nepal सँग औपचारिक सम्झौता गरेको छ। पूँजी बजारमा प्रवेश गर्ने रणनीतिअनुसार कम्पनीले आवश्यक कानुनी तथा नियामकीय प्रक्रियाहरूलाई अगाडि बढाएको जनाएको छ।

ब्रह्म ज्योति होल्डिङ्सले यसअघि नै IPO निष्कासन तथा बिक्री प्रबन्धक (Issue Manager) का रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।

१४ लाख कित्ता शेयर निष्कासन गरिने

कम्पनीले आफ्नो कुल जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने योजना बनाएको छ। हाल यस कम्पनीले जलविद्युत्, कृषि, पर्यटन तथा आतिथ्य (Hospitality) जस्ता उत्पादनशील र सेवामूलक क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्दै आएको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।