आगामी तीन हप्ताभित्र भारतीय बजारमा सार्वजनिक हुँदैछन् ४ नयाँ एसयूभीः कुन गाडी कहिले ? यस्ता छन् विशेषताहरु

Jun 20, 2026 10:52 AM Merolagani



आगामी तीन हप्ताभित्र भारतीय अटो बजारमा नयाँ ४ वटा गाडीहरु सार्वजनिक हुने भएको छन् । २०२६ को जुन महिना सकिनै लाग्दा भारतीय अटोमोबाइल बजारमा चारवटा नयाँ गाडीहरु लन्च हुने तयारीमा छन् ।

केही समयभित्र हाइब्रिड,इलेक्ट्रिक र पेट्रोल गरी विभिन्न इन्जिन विकल्पमा चारवटा नयाँ एसयूभी मोडलहरू सडकमा देखिने अपेक्षा गरिएको छ ।जसमा स्कोडा,टाटा,होन्डा र निसानका प्रिमियम गाडीहरू समावेश छन्।

१. स्कोडा कोडियाक आरएस

स्कोडाले आफ्नो प्रदर्शन–केन्द्रित एसयूभी ‘कोडियाक आरएस’ को बुकिङ जुन २२ बाट खुल्ला गर्ने भएको छ। पहिलो चरणमा यो गाडीको केवल ५० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ।

1000

 

यसमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले २६५ बीएचपी पावर र ४०० एनएम टर्क उत्पादन गर्छ। यसमा ७–स्पीड डीटीसी गियरबक्स रहेको छ, जसले यसलाई निकै शक्तिशाली बनाउँछ।

२. टाटा सिएरा इभी

टाटाको निकै प्रतिक्षित सिएरा इभी सन् २०२६ जुन ३० सम्ममा बजारमा आउनेछ। यो इलेक्ट्रिक एसयूभीमा क्लोज्ड–अफ ग्रिल, एरो–अप्टिमाइज्ड अलोय ह्विल्स र परिमार्जित बम्परहरू हुनेछन्, जसले यसलाई पेट्रोल/डिजेल मोडलभन्दा फरक देखाउनेछ। यसमा टाटा ह्यारियर इभीकै ६५ किलोवाट र ७५ किलोवाटका ब्याट्री प्याकहरू प्रयोग हुने अनुमान गरिएको छ।

1000

३.होन्डा जेडआर-भी

होन्डाले आफ्नो जेडआर–भी हाइब्रिड एसयूभीलाई सीमित संख्यामा भारत ल्याउने भएको छ। यसको बुकिङ सुरु भइसकेको छ भने सन् २०२६ जुलाई, १ देखि डेलिभरी सुरु हुनेछ। यसमा २.० लिटरको चार–सिलिन्डर पेट्रोल इन्जिन र ‘डुअल मोटर स्ट्रङ्ग हाइब्रिड सिस्टम’ रहेको छ।

1000

 

यसले १८४ बीएचपी पावर र ३१५ एनएम टर्क प्रदान गर्छ। यो डी ८ सेकेन्डमै ० देखि १०० किमी प्रतिघण्टाको रफ्तार समात्न सक्षम छ।

४. निसान टेक्टन

निसानको नयाँ एसयूभी ‘टेक्टन’ आगामी जुलाई ९, २०२६ मा विश्वव्यापी रूपमा सार्वजनिक हुने तयारीमा छ। यो गाडी मुख्यतया रेनल्ट डस्टरमा आधारित भए पनि यसको डिजाइन निसानको प्रसिद्ध ‘प्याट्रोल’ बाट प्रेरित रहनेछ। यसमा १.० लिटर र १.३ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प रहनेछ। भविष्यमा यसको हाइब्रिड भेरियन्ट पनि आउन सक्ने सम्भावना छ।

1000

यी नयाँ मोडलको गाडीहरु सार्वजनिक भएसँगै भारतीय अटो बजारमा अन्य कम्पनीका एसयूभीबीच प्रतिस्पर्धा अझै रोचक हुने देखिएको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।