एक हप्तामा सुनको मूल्य ५३ सय रुपैयाँले घट्यो, किन घटिरहेको छ ? यसो भन्छन् व्यवसायी

Jun 20, 2026 06:13 AM Merolagani



पछिल्लो एक हप्ताको अवधिको सुनको मूल्य ५ हजार ३०० रुपैयाँले घटेको छ ।

गत जेठ २९ गते शुक्रबार नेपाली बजारमा प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य असार ५ गते शुक्रबारसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँले घटेर उक्त दिन प्रतितोला सुन २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत जेठ ३१ गते आइतबार नेपाली बजारमा सुनको मूल्य ६ हजार ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको थियो । त्यस्तै, असार १ गते सोमबार एकैदिन सुन प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी,असार २ गते मंगलबार भने प्रतितोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य त्यसदिन २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै, असार ३ गते बुधबार भने सुनको मूल्य घटेको छ । उक्त दिन सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,असार ४ गते बिहीबार पनि सुनको मूल्य प्रतितोलामा १०० रुपैँयाले घटेर त्यसदिन २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । असार ५ गते शुक्रबार भने अघिल्लो दिनको तुलनामा एकैदिन सुनको मूल्य प्रतितोलामा १० हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यका अनुसार, पछिल्ला दिनमा सुनको मूल्य केही घट्दै गएको छ । अन्तराष्ट्रिय रुपमा भइरहेको युद्ध रोकिएको, अन्तराष्ट्रिय रुपमा कतिपयले देशहरुे सुनको स्टक बिक्रि गरेकोलगायतका कारणले सुनको मूल्य घटेको हुनसक्ने उनको भनाइ छ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।