५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयमा पुर्नविचार गर्दै सरकार, अर्थमन्त्रीले दिए परिमार्जन गर्ने आश

Jun 19, 2026 04:30 PM Merolagani



सरकारले बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकलाई भ्याट लगाउने निर्णयको चौतर्फी आलोचना भएपछि उक्त निर्णयको पुर्नविचार गर्ने मुडमा पुगेको छ ।

शुक्रबार प्रतिनिधि सभामा आर्थिक विधेयकमाथि सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णीम वाग्लले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकलाई भ्याट लगाउने निर्णयको चौतर्फी आलोचना भएकाले त्यसमा सरकारले पुनर्विचार गरेर आर्थिक विधेयकमा परिमार्जन गर्ने बताएका हुन् ।

उनले सरकारले ५० युनिटभन्दा सय या डेढ सय युनिट विद्युत् खपत गर्नेलाई मात्र भ्याट लगाउने गरी आवश्यक तयारी र अध्ययन गरिरहेको बताए । ‘५० युनिटसम्म त निःशुल्क नै छ । सय वा १५० युनिटसम्मलाई कर लगाउने गरी अध्ययन भइरहेको छ ।’ उनले भने, ‘साउन १ गते अघि नै हामीले त्यसलाई परिमार्जन गरेर जान्छौं ।’




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।