सभाको विशेष प्रस्ताव अन्तर्गत शेयरधनीहरूका लागि लाभांश वितरणको मुख्य प्रस्ताव पेश गरिनेछ। इन्स्योरेन्सले हालको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर जारी गर्ने र साेकाे कर प्रयाेजनार्थ ०.२२५६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, उक्त साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू (नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) माथि छलफल गरी पारित गरिनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले असार १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। तसर्थ, असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नियमानुसार कम्पनीको शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।