राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै कारवाही फुकुवा गरेको जनाएको छ ।
सूचनामा भनिएको छ, 'पोखरा फाइनान्स लिमिटेड, पोखरा, कास्कीको २०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आ.ब. २०८१/८२ को पहिलो त्रयमासको गैरस्थलगत विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात् यस बंैकले तोकेको न्यूनतम पुँजीकोष अनुपात भन्दा अत्यन्त न्यून देखिएकोले मिति २०८१-१०-२३ को पत्रानुसार त्यस संस्थालाई नेपाल राष्ट्र बैंकले, बैंकले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारवाही गरिएको र समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एक आपसमा गाभ्ने-गाभिने प्रयोजनार्थ समितिको मिति २०८३-०१-१७ को निर्णयबाट अन्तिम स्वीकृति प्रदान भए पश्चात् त्यस संस्थाको २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा कायम हुने संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र पुँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएकोले समितिको मिति २०८३-०३-१० को निर्णयबाट समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एकीकृत कारोबार शुरु हुने मिति देखि लागू हुने गरी पोखरा फाइनान्स लिमिटेडलाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारवाही फुकुवा गरिएको छ ।'