सोमबार नेप्से परिसूचक १६.५४ अंक घटेर २६३२.९६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५१ स्टकको ४४ हजार ९४२ पटकको कारोबारमा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको ७६ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सबैभन्दा बढी ५.८३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको करिब ९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।