छलफलका लागि सार्वजनिक गरिएको कम्पनीको मस्यौदामा उल्लेख उक्त प्रस्तावको चर्को विरोधपछि मन्त्रालयले सो प्रस्ताव नै हटाउने भएको हो ।
मस्यौदाको दफा ८९ मा २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको शेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो शेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले शेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ ।