सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Jul 01, 2026 10:56 AM Merolagani



असार १७ गते, बुधबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ३०० सय रुपैयाँ कारोबार भएको छ। म‌ंगलबार सुन तोलामा दुई लाख ७७ हजार ९०० सय रुपैयाँ किनबेच भएको थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घटेको हो ।

 

त्यस्तै, आजको बजारमा चाँदी तोलाकाे चार हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।