मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड (MATRI) ले एफपीओ निष्काशनपश्चात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लम्की, कैलालीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।