मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री वाग्लेले नवनियुक्त सल्लाहकार अर्याललाई नियुक्तिपत्र प्रदान गरे। सो अवसरमा अर्थमन्त्रीले सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलन गर्ने महत्वपूर्ण लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र व्यावसायिक दक्षताको महत्वपूर्ण भूमिका रहने अपेक्षा समेत व्यक्त गरे। मन्त्री वाग्लेले अर्याललाई पूर्ण इमानदारीका साथ आफ्नो दक्षता प्रयोग गर्न निर्देशनसमेत दिएका छन्।
आफ्नो नियुक्तिपछि प्रतिबद्धता व्यक्त गर्दै अर्यालले सरकार र अर्थमन्त्रीले आफूमाथि गरेको विश्वासलाई नतिजामा बदलेर देखाउने बताए। उनले आफ्नो लामो अनुभव र विज्ञतालाई राजस्व प्रशासनको सुधार र लक्ष्य प्राप्तिका लागि उपयोग गर्ने दृढता व्यक्त गरे।
स्याङ्जा जिल्ला स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण (अडिटिङ) र परामर्श क्षेत्रमा सक्रिय छन्। एफसीए उपाधिप्राप्त अर्यालले यो जिम्मेवारीका लागि कुनै पारिश्रमिक नलिने बताइएको छ।