सरकारी विज्ञापनमा ‘एकद्वारा प्रणाली’ लागू गर्ने निर्णय सर्वोच्चद्वारा खारेज

Jul 14, 2026 03:18 PM Merolagani



सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणमा सरकारले लागू गरेको ‘एकद्वारा प्रणाली’लाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने आदेश दिएको हो ।

वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यम (गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन आदि) मार्फत मात्रै वितरण गर्ने नीति अघि सारेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको उक्त परिपत्रले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई मर्कामा पारेको र विभेद गरेको भन्दै नेपाल मिडिया सोसाइटीले सर्वोच्चमा रिट दायर गरेको थियो ।

मिडिया सोसाइटीको माग बमोजिम अदालतले सरकारी निर्णय बदर हुने फैसला सुनाएको हो । यस फैसलासँगै अब सरकारी विज्ञापनहरू निजी सञ्चारमाध्यमले पनि पाउने बाटो खुलेको छ । अदालतको फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।