यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने।
नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने।