मुक्तिनाथ विकास बैंकले रेडक्रस सोसाइटी, लुम्बिनीलाई दियो जैविक सूक्ष्मदर्शी

Jul 15, 2026 11:27 AM Merolagani



संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंक (@MNBBL@) ले नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण गरेको छ।

नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको उक्त उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग पुर्‍याउनुका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

यस सहयोगमार्फत मुक्तिनाथ विकास बैंकले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण एवं जनस्वास्थ्य सेवाको प्रवद्र्धनमा योगदान पुर्‍याउने विश्वास लिएको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।