प्रतिनिधिसभा बैठक आज बस्दै, शोक प्रस्ताव र अर्थसम्बन्धी विधेयक कार्यसूचीमा

Jul 30, 2026 06:15 AM Merolagani



संघीय संसद्, प्रतिनिधिसभाको बैठक १४ दिनको अन्तरालपछि आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। यसअघि प्रतिनिधिसभाको पछिल्लो बैठक गत असार ३१ गते बसेको थियो।

आजको बैठकका लागि संसद् सचिवालयले मुख्य दुईवटा कार्यसूची तय गरेको छ:

  • विधेयक समितिमा पठाउने प्रस्ताव: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

  • शोक प्रस्ताव: सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।