भोलिदेखि सुरु हुँदैछ नाइमा मोबिलिटी एक्स्पो २०२६, प्रदर्शनीस्थलको सम्पूर्ण तयारी पूरा

Aug 10, 2026 01:47 PM Merolagani



नेपालको अटोमोबाइल क्षेत्रको विकास र आधुनिक यातायातका साधनहरूबारे जानकारी दिने उद्देश्यले आयोजना हुन लागेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा भोलि (साउन २६ गते) देखि सुरु हुने यस बृहत् एक्स्पोको व्यवस्थापकीय कामहरू अन्तिम चरणमा पुगेका छन्।

आयोजकका अनुसार, प्रदर्शनीस्थल भृकुटीमण्डपमा स्टल निर्माण, सजावट र ब्रान्डिङका कामहरू लगभग सकिएका छन्। सहभागी कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधन र नवीनतम प्रविधिहरू प्रदर्शनी कक्षमा राख्ने क्रम जारी राखेका छन्। अटोमोबाइल क्षेत्रका व्यवसायी, प्रविधि प्रेमी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको यस एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने दुवै प्रकारका सवारी साधनहरूको विशेष आकर्षण रहनेछ।

यसपटकको मोबिलिटी एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधनहरू, टायर, लुब्रिकेन्ट्स, र पार्टपुर्जाहरूको प्रदर्शनी गरिनेछ। विशेष गरी दिगो यातायातलाई प्राथमिकता दिँदै नयाँ प्रविधिका विद्युतीय सवारी साधनहरूको विविधता यस पटकको मुख्य आकर्षण रहने आयोजकको दाबी छ।

साउन २६ गतेदेखि सुरु हुने यो एक्स्पोमा अवलोकनकर्ताहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत सवारी कर्जा र बिमा सम्बन्धी जानकारी समेत एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। सवारी साधन खरिद गर्न चाहनेहरूका लागि कम्पनीहरूले विशेष छुट र सुविधाको व्यवस्था समेत गरेका छन्।

राजधानीको मुख्य स्थान भृकुटीमण्डपमा हुने यस प्रदर्शनीले नेपालको अटोमोबाइल बजारलाई नयाँ उचाइमा पुर्‍याउने र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।