शेयर बजारबाट प्राप्त हुने पूँजीगत लाभकरमा भारी गिरावट, पहिलो महिनामै सरकारलाई धक्का

Aug 19, 2026 10:57 AM Merolagani



चालु आर्थिक वर्षको पहिलो महिना साउनमा शेयर बजारबाट संकलन हुने पूँजीगत लाभकरमा ठूलो गिरावट आएको छ।

गत वर्षको तुलनामा यस वर्ष कर संकलनमा २४५ प्रतिशतले कमी आएपछि सरकारलाई ठूलो राजस्व धक्का लागेको हो। तथ्यांक अनुसार, यस वर्षको साउन महिनामा सरकारले शेयर कारोबारबाट जम्मा ६२ करोड ४९ लाख रुपैयाँ मात्र पूँजीगत लाभकर प्राप्त गरेको छ।

जबकि गत वर्षको साउनमा शेयर किनबेचबाट सरकारले २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ लाभकर उठाएको थियो। सरकारले यसै वर्षको बजेटमार्फत पूँजीगत लाभकरको दरमा साढे दुई प्रतिशत विन्दुले वृद्धि गरेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत पूँजीगत लाभकर बढाएर ७.५ प्रतिशत र १० प्रतिशत पुर्‍याएका छन्।

तर, करको दर बढे पनि संकलन हुने कुल रकममा भने उल्लेख्य गिरावट देखिएको छ। सरकारका गतिविधिले लगानीकर्ताहरूको आत्मविश्वास (कन्फिडेन्स) गुमाउँदा शेयर कारोबार खुम्चिन पुगेको र त्यसको प्रत्यक्ष असर पूँजीगत लाभकरमा परेको विश्लेषण गरिएको छ। हाल बजारमा दैनिक मुस्किलले ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र कारोबार हुने गरेको छ। शेयर कारोबार रकममा आएको यो संकुचनले सरकारको राजस्व लक्ष्यमा समेत चुनौती थपिदिएको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।