अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.०४ अंक घटेर २५५७.३१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२४ अंक घटेर २५५५.०६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४५ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ७२ स्टकको १९८ पटकको कारोबारमा ४२ लाख ४९ हजार ४९० रुपैयाँ ८० पैसाबराबरको १० हजार ५७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने ३८ स्टकको मूल्य घटेको छ। बाँकी १९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।